यो ब्लग कुन कुन देश बाट हेरियो ?

Namskar
इनरुवामा भारतीय नागरिक पत्र

इनरुवा, नेपाली नागरिकता लिएका भारतीय नागरिक रञ्जीत झालाई बुधबार सुनसरी प्रहरीले पक्राउ गरेको छ । भारतको विहार मधुवनी स्थायी घर भएका झालाई सुनसरीको सोनापुरबाट पक्राउ गरिएको हो । झाले २०६३ सालमा जिल्ला जिल्ला प्रशासन कार्यालय मोरङबाट नेपाली नागरिकता लिएका थिए । उनले ०५३०८२ नम्बरको नेपाली नागरिकता लिएका छन् । उनीसाग भएको भारतीय नागरिकता नम्बर भने १०६७२३० रहेको छ । भारतीय आपराधिक गिरोहसंग संलग्न भएको आशंका गरिएका झा सोनापुरस्थित अरिहन्त जुट मिलमा काम गर्दै आएका छन् । उनलाई पक्राउ पछि मोरङ प्रहरी कार्यालय लगिएको छ । यता, पक्राउ परेका झालाई छुटाउन उद्योगपतीहरुको दबाब आइरहेको बताइएको छ ।

क्यान्टोन्मेन्टका लडाकुबाट माओवादीलाई अनुचित फाइदाः प्रधानमन्त्री


नेपालगन्ज, प्रधानमन्त्री माधवकुमार नेपालले क्यान्टोन्मेन्टमा रहेका लडाकुहरुबाट माओवादीले अनुचित फाइदा लिइरहेको आरोप लगाएका छन् । लडाकुहरुको सहयोगमा माओवादीले चन्दा आतंक, सम्पत्ती कब्जाजस्ता गतिविधि चलाइरहेको प्रधानमन्त्रीको भनाइ छ । ‘माओवादीले क्यान्टोन्मेन्टमा लामो समय लडाकु राखेर फाइदा लिइरहेका छन्,’ बुधबार नेपालगन्जमा उर्दू भाषाको ‘रुबरु’ एफएम उदघाटन गर्दै प्रधानमन्त्री नेपालले भने, ‘लडाकु राखेर अर्काको सम्पत्ती कब्जा गर्न र चन्दा लिन माओवादीलाई सजिलो भएको छ ।’ उनले माओवादीले सेना समायोजन बिशेष समितिलाई पनि अल्मल्याइरहेको आरोप लगाए ।


शिविरमा माओवादीले भनेजति लडाकु नभएको प्रधानमन्त्रीको दाबी छ । ‘अयोग्य भनिएका लडाकुहरुले जसरी छाडिसकेका थिए,’ प्रधानमन्त्रीले भने, ‘योग्य भनिएका लडाकुहरु पनि शिविरमा छैनन्, नभएका लडाकुको तलब माओवादीले लिइरहेको छ ।’ प्रधानमन्त्रीले संविधान जारी हुनुअघि नै लडाकु समायोजन गर्नुपर्ने कार्ययोजना बनाएपनि माओवादीले असहमति जनाएको छ । माओवादीले संविधान र लडाकु समायोजन संगसंगै हुनुपर्ने बताउँदै आएको छ ।

यसअघि बाँकेको कम्दीमा राप्ती पुलको उदघाटन गर्दै प्रधानमन्त्री नेपालले ध्वसंको राजनीति त्याग्न माओवादीलाई आग्रह गरेका थिए । माओवादीले कालोझण्डा देखाएपछि आक्रोशित प्रधानमन्त्रीले भने, ‘ध्वंसको राजनीतिक गर्ने माओवादीले यो पुललाई पनि भत्काउन बेर छैन ।’ २० करोड ६८ लाख रुपैयाँको लागतमा निर्मित सो पुल ३ सय ४२ मिटर लामो छ । पुल बन्न झण्डै ८ बर्ष लागेको थियो । प्रधानमन्त्रीको साथमा कार्यक्रममा उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित दुई मन्त्री र दुई राज्यमन्त्री पनि सहभागी थिए ।
 
मिनिटाटाको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं, कोटेश्वर नरेफाँटमा मिनि टाटाले ठक्कर दिँदा बा १४ प ८६६९ नम्बरको यामाहा मोटरसाइकल चालक रामकुमार तामाङ,को मृत्यु भएको छ। घाइते तामाङलाई उपचारका लागि टिचिङ अस्पताल महाराजगञ्ज लैजादै गर्दा बाटोमै मृत्यु भएको नयाँ वानेश्वर वृत्तका डीएसपी गणेश ऐरले बताए। ३६ वर्षे तामाङ दोलखा निवासी भएको प्रहरीले जनाएको छ। मिनिटाटा चालक दुर्घटना लगत्तै भागेका थिए। बुधबार साँझसम्म उनलाई प्रहरीले पक्रन सकेको छैन।
 

No comments:

Post a Comment

now are You here. in this country

/

Liston Your song.

Free Mp3 Download – Download mp3 percuma

shree rajasthal h s s

shree rajasthal h s s
यो मेरो कक्ष १ देखी १० सम्म पढेको स्कुल हो यो स्कुल पुतली बजार नगर पालिक word no _9 मा पर्छ हाम्रो घर देखी यो स्कुलमा जान कम्तिमा पनि ३०मिनेट लाग्छ यो स्कुल धेरै रमाइलो place मा छयो स्कुल को education पनि एकदमै राम्रो छ जब बाट यो स्कुल मा +2 कोstudey हुन लाग्यो तेसबेला देखी यो स्कुल ले 90 % student हरुलाई S.L.C exam मा pass गराएकोछ यो स्कुल स्याङ्जा जिल्लाकै पक्कि भबन हो
 
Sajish Mohamad|Create Your Badge