यो ब्लग कुन कुन देश बाट हेरियो ?

Namskar

रोचक प्रसंगमाओवादी नेताबाटै कार्यकर्ताको जीवन असुरक्षा/अध्यक्ष दाहाललाई गुहार

काठमाडौ, फाल्गुन ९ -


माओवादीको मजदुर संगठनका तीन कार्यकर्ताले आफूहरू पार्टी नेताबाटै असुरक्षित भएको भन्दै अध्यक्ष पुष्पकमल दाहाललाई जीवन रक्षाको आग्रह गरेका छन् । उनीहरूले 'जीवन सुरक्षा गराइपाउँ' भनी दाहाललाई निवेदन दिएका हुन् । उनीहरूले अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष शालिकराम जमरकट्टेलको निर्देशनमा आक्रमण भएको आरोप लगाउँदै सुरक्षाको माग गरेको निवेदनपत्रमा उल्लेख गरेका छन् ।


अध्यक्ष जमरकट्टेलले भने दुःखद घटना भएको भन्दै आफूले कुनै निर्देशन नदिएको दाबी गरेका छन् । पार्टी अध्यक्षलाई सम्बोधन गरी शनिबार केन्द्रीय कार्यालय पेरिसडाँडामा हरिकृष्ण अधिकारी, तुलसी अधिकारी र राजाराम लामिछानेले उजुरी दिएका हुन् । उनीहरू माओवादी ट्रेड युनियनअन्तर्गतका सेक्युरिटी मजदुर ग्रुप फोर मूल इकाईका पदाधिकारी हुन् ।
उजुरीमा जमरकट्टेलको निर्देशनमा घनश्याम ठकुरी र खगेन्द्र धिमाल लगायतले आक्रमण गरी घाइते बनाएको उल्लेख छ । 'हाल घाइते अवस्थामा विभिन्न अस्पतालमा उपचारार्थ भर्ना गरिएका छौं,' निवेदनमा भनिएको छ ।

जमरकट्टेलले भने आपसी छलफलबाट समस्या हल गर्ने प्रयत्न भइरहेको बताए । 'घटनामा मेरो कुनै निर्देशन छैन,' उनले कान्तिपुरसँग भने, 'घटना दुःखद हो र म आफंै छलफल गरी हल गर्न लागिरहेको छु ।'

उजुरी दिनेमध्ये तुलसी अधिकारी सेक्युरिटी संघ ललितपुरका अध्यक्ष हुन् । हरिकृष्ण ग्रुप फोर मूल इकाई कमिटीका अध्यक्ष हुन् । ग्रुप फोर सेक्युरिटीको मूल कमिटीको बैठकमा आक्रमण भएको उजुरीमा उल्लेख छ ।
आक्रमणमा खुकुरी, रड, हेलमेटलगायत हतियार प्रयोग गरिएको पीडितले जनाएका छन् । हरिकृष्ण र तुलसीको टाउकोमा गम्भीर चोट लागेको छ । खुकुरी प्रहारबाट राजारामको नाकको हड्डी भाँच्चिएको छ । उनीहरूले अचेत अवस्थामा कान्तिपुर अस्पतालमा साथीहरूले आफ्नो उपचार गरेको बताएका छन् ।
'तुलसी अधिकारीलाई हातखुट्टा समातेर लाँदै गर्दा प्रहरी आइपुगेको र अपहरण गर्न लाग्यो भनी हारगुहार गरेपछि प्रहरीले तुलसीलाई आफ्नो नियन्त्रणमा लिएको थियो,' उजुरीमा छ । तुलसीको टाउकोमा गम्भीर चोट लागेकाले एमआरआई गर्न शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ ।
                         अस्पतालमै उपचाररत रहेका बेला पनि परिवारलाई 'जीउज्यान लिने' धम्की आएको उनीहरूले जनाएका छन् । 'हाम्रो र हाम्रो परिवारका सदस्यको जीउज्यानको सुरक्षा हाम्रै संगठनमा रहेकाहरूबाट खतरामा छ,' उनीहरूले अध्यक्षलाई दिएको उजुरीमा लेखेका छन्, 'शालिकराम जमरकट्टेलले बारम्बार कुट्ने, हातखुट्टा भाँच्ने र मार्ने धम्की भेला प्रशिक्षण आयोजना गरी दिँदै आएकाले हामीहरूको जीवनको सुरक्षा गरिपाउँ र भौतिक रूपमा मार्ने नियतले आक्रमणमा उत्रने र त्यस्तो निर्देशन दिनेलाई तत्काल कारबाही गरियोस् भन्ने आग्रहका साथ यो निवेदन गर्न आएका छौं ।' माओवादीका सम्पूर्ण पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई त्यसको बोधार्थ दिइएको छ । 

कुटपिटबाट एउटा चितुवा को मिरतु
लमजुङ, फाल्गुन ९ -

सूर्यपाल गाविस-९ सुन्दरडी स्कुलटारका बासिन्दाको कुटपिटबाट एउटा चितुवा मरेको छ ।
आइतबार बिहान पाच बजेदेखि स्थानीयबासिन्दालाई घरभित्र र बाहिर आक्रमण गर्दै आएको बाघलाई लट्ठी प्रहार गरेर बिहान सातबजे मारिएको हो । स्थानीयबासिन्दालाई आक्रमण गर्न खोजेपछि बजारबाट लखेट्न खोज्दा चितुवाको आक्रमणबाट केही स्थानीयको कपडा च्यातिएको छ ।
घटनाबारे सम्बन्धित निकायमा जानकारी गराइसकेको र मृत चितुवा सूर्यपालको फिल्म हल नजिकै राखिएको लमजुङका प्रहरी प्रमुख प्रकाश अधिकारीले जानकारी दिए
 
एकजना एड्स रोगीको मृत्यु
महोत्तरी, फाल्गुन ९ -
महोत्तरीको धमौरामा आइतबार एकजना एड्स रोगीको मृत्यु भएको छ ।
धमौरा-१ का ३० वर्षीय राजावुल शेषको आइतबार बिहान मृत्यु भएको हो । रोगजारीको सिलसिलामा भारतको मुम्बईमा रहेका राजबाबु तीन महिनाअघि घर फर्केका थिए ।
उनी विगत छ महिनादेखि एड्सबाट पीडित भएको भारतीय अस्पताल र जनकपुर अञ्चल अस्पतालले प्रमाणित गरेका थिए ।
मृतकका श्रीमती र छोराछोरीमा पनि एड्स रोगको जीवाणु हुनसक्ने बताइएको छ ।

No comments:

Post a Comment

now are You here. in this country

/

Liston Your song.

Free Mp3 Download – Download mp3 percuma

shree rajasthal h s s

shree rajasthal h s s
यो मेरो कक्ष १ देखी १० सम्म पढेको स्कुल हो यो स्कुल पुतली बजार नगर पालिक word no _9 मा पर्छ हाम्रो घर देखी यो स्कुलमा जान कम्तिमा पनि ३०मिनेट लाग्छ यो स्कुल धेरै रमाइलो place मा छयो स्कुल को education पनि एकदमै राम्रो छ जब बाट यो स्कुल मा +2 कोstudey हुन लाग्यो तेसबेला देखी यो स्कुल ले 90 % student हरुलाई S.L.C exam मा pass गराएकोछ यो स्कुल स्याङ्जा जिल्लाकै पक्कि भबन हो
 
Sajish Mohamad|Create Your Badge