नेपाल टेलिकम
नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज
नेपाल टेलिकम सरकारी स्वामित्त्वमा रहेको दूरसञ्चार सेवा प्रदायक कम्पनी हो। यसको स्थापना २०३२ सालमा नेपाल दूरसञ्चार संस्थानको रूपमा भएतापनि २०६० माघको निर्णय अनुसार २०६१ बैशाख देखि यसलाई नेपाल टेलिकम भन्न थालिएको हो। यसले देशभरमा पि.एस.टी.एन., सिडीएमए, लगायतका आधारभूत टेलिफोन र जिएसएम र सिडीएमए जस्ता मोवाइल सेवा प्रदान गर्ने गरेको छ।
टेलिकमले इन्टरनेट सेवामा डायल-अप आइएसडीएन लिज्ड एडीएसएल इन्टरनेट र स्काई डाटा मार्फत वायरलेस इन्टरनेट प्रदान गर्ने गर्दछ। ब्याङ्क तथा विभिन्न निकायहरूलाई तथ्याङ्क आदान प्रदान गर्न लिज्ड सर्किटको सेवा समेत टेलिकमले दिने गर्दछ। २०६४ फागुनमा सर्वसाधारणका लागि पनि शेयर बिक्री गर्न खुला गरेको यो कम्पनीको जारी पूँजी १५ अर्ब तथा चालू पूँजी २२ अर्ब रूपैयाँ रहेको छ। यस कम्पनीमा हाल करिव ७ हजार ५ सय कर्मचारी कार्यरत छन् जसमध्ये करीब २ हजार इन्जिनियरहरू छन्।
वि.सं. १९७० मा काठमाडौंमा म्याग्नेटो सिस्टमको स्थापना भई नेपालमा दूरसंचार सेवाको थालनी हो । अत्यन्तै सीमित भागमा शुरु गरिएको यो सेवा नै दूरसञ्चार सेवा विस्तारको पहिलो खुड्किलो हो । वि.सं. १९७१ मा काठमाडौँ र रक्सौलबीच ओपन वायर लाइनको स्थापना भएपछि पहिलो चोटी ट्रंक टेलिफोन सेवाको शुरुवात भएको हो । वि.सं. १९९१ मा टेलिफोन हेड अफिस कार्यालयको स्थापना थियो । वि.सं. १९९२ मा काठमाडौँमा २५ लाइनको अटोमेटिक टेलिफोन एक्सचेन्जको स्थापना भएपछि देशमा स्थानीय टेलीफोन सेवाको श्रीगणेश भयो । यसबाट मात्र सार्वजनिक रुपमा टेलिफोन सेवा उपलब्ध भएको मान्नुपर्छ । श्री ३ मोहन शमशेरका पालामा वि.सं. २००५ सालमा नेपालमा मोहन आकाशवाणी नामले आकाशवाणी सेवा शुरु भएको हो । यसको कार्यालयलाई आकाशवाणी हेड अफिस भनिन्थ्यो । सेवाको शुरुवात २००७ सालमा प्रजातन्त्रको उदय भएपछि देशका ६ वटा मुख्य स्थानहरूमा एच.एफ.उपकरण स्थापना भएपछि भएको हो । २०१६ सालमा तत्कालिक टेलिफोन हेड अफिस र आकाशवाणी हेड अफिसलाई एकै ठाउँमा गाभी निर्माण, यातायात र सञ्चार मन्त्रालयअन्तर्गत दूरसञ्चार विभागको स्थापना भएको थियो । यस विभागलाई २०२६ साल कात्तिक १ गते दूरसञ्चार समितिमा परिणत गरिएको थियो । राष्ट्रिय एकताको सुदृढीकरण तथा सन्तुलित आर्थिक विकासको निमित्त आवश्यक पूर्वाधार तयार गर्नुका साथै उपलब्ध दूरसंचार सेवा सर्वसाधारणमा सरल, सुगम एवं सुपथरूपमा अधिराज्यका दुर्गम स्थानमा समेत उपलब्ध गराउने उद्देश्य लिई संचार संस्थान ऐन, २०२८ अन्र्तगत नेपाल दूर संचार संस्थानको स्थापना २०३२ साल असार १ गते भएको थियो । यस संस्थानलाई नेपाल सरकार -तत्कालिन श्री ५ को सरकार- को पूर्ण स्वामित्वमा राखिएको थियो ।
कम्पनीका अन्तर्गत कार्यालयहरू
निर्देशनालय
कम्पनी सचिवालय, केन्द्रीय कार्यालय,
दूरसञ्चार तालिम केन्द्र, बबरमहल,
मोवाइल सेवा निर्देशनालय, पुल्चोक,
वायरलेस सेवा निर्देशनालय, छाउनी,
सूचना प्रविधि निर्देशनालय, जावलाखेल,
स्याटेलाइट सेवा निर्देशनालय, त्रिपुरेश्वर,
काठमाडौं क्षेत्रीय निर्देशनालय, सुन्धारा - अन्तर्गतका ४० दूरसञ्चार कार्यालयहरू
पूर्वाञ्चल क्षेत्रीय निर्देशनालय, विराटनगर - अन्तर्गतका ५६ दूरसञ्चार कार्यालयहरू
मध्यमाञ्चल क्षेत्रीय निर्देशनालय, बीरगञ्ज - अन्तर्गतका ४३ दूरसञ्चार कार्यालयहरू
पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय, भैरहवा - अन्तर्गतका ४० दूरसञ्चार कार्यालयहरू
मध्य पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय, नेपालगञ्ज - अन्तर्गतका ३२ दूरसञ्चार कार्यालयहरू
सुदुर पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय, धनगढी - अन्तर्गतका २४ दूरसञ्चार कार्यालयहरू
केन्द्रीय कार्यालयस्थित विभाग
अर्थ विभाग,
आर्थिक योजना तथा व्यवस्थापन विभाग,
आलेप तथा निरिक्षण विभाग,
जनशक्ति व्यवस्थापन विभाग,
ट्रान्समिसन योजना विभाग,
पदपूर्ति सचिवालय,
मर्मत सम्भार तथा संचालन विभाग,
मेटेरियल म्यानेजमेन्ट विभाग,
राजश्व विभाग, लेखा विभाग,
विकास विभाग,
व्यापार व्यवस्थापन विभाग,
सिभिल विभाग,
स्वीचिङ योजना विभाग
अन्य विभाग
अन्तर्राष्ट्रिय सेवा विभाग, त्रिपुरेश्वर,
अप्टिकल नेटवर्क आयोजना विभाग, बबरमहल,
एक्सेस नेटवर्क विभाग, छाउनी,
ट्रान्समिसन विभाग, त्रिपुरेश्वर,
नेटवर्क आयोजना कार्यान्वयन विभाग,
कुपण्डोल, पावर विभाग, छाउनी,
स्वीचिङ योजना कार्यान्वयन विभाग, कुपण्डोल,
स्वीचिङ् मर्मत विभाग, जावलाखेल
साभार :-नेपाली विकिपीडियाबाट
-
No comments:
Post a Comment